काठमाडौ – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको सत्रौं शिखर सम्मेलन आगामी नोभेम्बर महिनामा माल्दिभ्समा हुने भएको छ ।
भुटानको थिम्पुमा मंगलबार सम्पन्न सार्क मन्त्रीस्तरीय बैठकको ३३ औं बैठकमा माल्दिभ्सले शिखर बैठकबारे यो प्रतिबद्धता जनाएको
हो । मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट भने परराष्ट्र सचिव डा. मदनकुमार भट्टराईले सहभागिता जनाएका थिए । बैठकले आगामी मार्च १ बाट सार्क महासचिवमा नियुक्त हुन लागेकी माल्दिभ्सकी फतिमा धियाना सइदलाई सर्वसम्मतले स्वागतसमेत गरेको छ ।



