गृह मन्त्रालयका विषयमा माओवादी अध्यक्ष र एमाले नेताका फरक-फरक भनाइ प्रकाशमा आएपछि आज हुने भनिएको मन्त्रिपरिषद विस्तार फेरि अन्यौलमा


 

– गृह मन्त्रालयका विषयमा माओवादी अध्यक्ष र एमाले नेताका फरक-फरक भनाइ प्रकाशमा आएपछि बिहिबार हुने भनिएको मन्त्रिमण्डल विस्तारबारे अन्यौल थपिएको छ।

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दल गृह मन्त्रालय सहित मन्त्रिमण्डलमा सामेल हुने सहमति भएको बताएका छन्।

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष झलनाथ खनालसंग बुधबार बिहान भएको वार्तामा उक्त सहमति भएको उनको दावी छ।


पार्टी काममा पोखरा गएका प्रचण्डले पत्रकारहरुसंग कुरा गर्दै त्यस्तो दावी गरेका हुन्।



आशंका


तर नेकपा एमालेका एकजना वरिष्ठ नेताले त्यस्तो सहमति भएको कुरा अस्वीकार गरे।


प्रधानमन्त्री निकट मानिने एमाले सचिव युवराज ज्ञवालीले भने,