काठमाडौं – प्राप्त समाचार अनुसार पूवप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई लाई नर्भिक इन्टसरनेसनल हस्पिटल थापाथलीको आईसियु मा भर्ना गरिएको छ । ८७ वर्षिय भट्टराईलाई स्वास र शरीर सुन्निने समस्या देखिए पछि पाँच दिन अघि नर्भिकमा भर्ना गरिएको थियो ।
‘उहाँको स्थिति बुधवार अलि गम्भिर देखिए पछि आईसीयुमा भर्ना गरिएको हो’, उनको उपचारमा संलग्न नर्भिकका डा.भरत रावतले भने-‘छातीमा संक्रमण छ, मुटू, मृगौलाको स्थिति ठिक छैन ।’ डा.रावतले हाल उनको स्थिति स्थिर रहेको समेत जनाए । आईसियुमा भट्टराईलाई अकिस्जन दिइएको छ । उनलाई पिसाव फेर्न नली समेत लगाइएको छ ।
नेपालको पहिलो संसदका सभामुख एवं वहुदलिय व्यवस्था पुर्नस्थापना पछिका पहिलो प्रधानमन्त्री रहेका भट्टराई लामो समय देखि अस्वस्थ रहँदै आएका छन् ।



