प्रधानमन्त्री झलनाथ खनालद्वारा राष्ट्रका नाममा सम्बोधन, हिंसात्मक राजनीतिबाट आएको माओवादीलाई सम्मान गर्न आग्रह


 

 

प्रधानमन्त्री: शान्ति प्रकृयालाई टुङ्ग्याउन र संविधान लेखनमा माओवादीको सहमति अनिवार्य छ । हिंसात्मक राजनीतिबाट आएको माओवादीलाई सम्मान गर्नुपर्छ । उसका लोकतन्त्र र शान्तिप्रतिको सार्वजनिक प्रतिबद्धतालाई सघाउनु पर्छ । यसमा मेरो बाम ध्रुविकरणको अभिप्राय थिएन, छैन । फेरि पनि अर्को सहमति भएको छ । प्रश्न उठाउनुको औचित्य छैन । सहमतिलाई बलियो आधारमा माथि उठाउनु र अरु दल पनि सहभागी हुने आवश्यक छ । दलहरु बलियो भएनन् भने मुलुक बलियो हुदैन ।

 

काठमाडौं – प्रधानमन्त्री झलनाथ खनालले अहिले जनतालाई थुप्रै राहत दिने काम गर्न सकिने बेला भए पनि सरकार गठनमै अल्झिनुपरेको बताएका छन्। तर पनि सिङ्गो राष्ट्रलाई केही दिन धैर्य धारण गर्न उनले आग्रह गरे।

 

शान्ति र संविधानबाहेक आफ्नो कुनै स्वार्थ नभएको भन्दै उनले सबै कुरामा न्युनतम् सहमति र सहकार्य आवश्यक रहेको पनि दोहोर्‍याए।

उनले यो सरकारमा सबै दललाई सहभागी गराउन प्रयास गरिने बताउँदै कसैविरुद्ध मोर्चाबन्दी नगरिने प्रतिबद्धता पनि व्यक्त गरे। उनले आफ्नो स्वार्थको भारी जनतालाई बोकाउन नहुने पनि बताए। उनले कर्मचारीतन्त्रलाई निर्भिक भएर काम गर्न पनि भने। हामीबाट हुने कमजोरीको मूल्य महङ्गो पर्ने भन्दै उनले विभिन्न ठाउँबाट छरिने शङ्का र भ्रममा नपर्न पनि आग्रह गरे।

 

शान्ति प्रकृयालाई टुङ्ग्याउन र संविधान लेखनमा माओवादीको सहमति अनिवार्य छ । हिंसात्मक राजनीतिबाट आएको माओवादीलाई सम्मान गर्नुपर्छ । उसका लोकतन्त्र र शान्तिप्रतिको सार्वजनिक प्रतिबद्धतालाई सघाउनु पर्छ । यसमा मेरो बाम ध्रुविकरणको अभिप्राय थिएन, छैन । फेरि पनि अर्को सहमति भएको छ । प्रश्न उठाउनुको औचित्य छैन । सहमतिलाई बलियो आधारमा माथि उठाउनु र अरु दल पनि सहभागी हुने आवश्यक छ । दलहरु बलियो भएनन् भने मुलुक बलियो हुदैन ।

आफूले गरेको सहमतिको प्रयासलाई कमजोरीका रुपमा नलिन भन्दै उनले आफूले मातृभूमिको ऋण तिर्नबाहेक अरु केही लेनादेना बाँकी नरहेको पनि उल्लेख गरे। माओवादीले लोकतन्त्र र शान्तिप्रति पटक पटक प्रतिबद्धता व्यक्त गरिसकेकाले त्यसप्रति शङ्का नगर्न पनि उनले भने।

प्रधानमन्त्री झलनाथ खनालद्वारा राष्ट्रका नाममा सम्बोधन


 

 

काठमाडौ – प्रधानमन्त्री झलनाथ खनालले शुक्रबार साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । खनाललका  सल्लाहकार पुरुषोत्तम पौडेलका अनुसार  सिंहरदबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयबाट उनले सम्बोधन गर्न लागेका हुन्  ।

मन्त्रिपरिषद् विस्तार गर्न नसकेरे समस्यामा परेको प्रधानमन्त्री खनालको राष्ट्रका नाममा यो पहिलो सम्बोधन हो । १५ दिन अघि प्रधानमन्त्री चयन भएका खनाल आफ्नै पार्टी भित्रको विवादले गर्न सरकारलाई पूर्णता दिन सकेका छैनन् ।  

सम्बोधनमा प्रधानमन्त्री खनालले कांग्रेससहित मधेसवादी र साना दलहरुलाई सरकारमा आउन आहृवान गर्न सक्ने स्रोतको दाबी छ । उनले एक साताअघि संसदमा सम्वोधन गर्दै वर्तमान गठबन्धन सरकारमा आउन आहृवान गरेका थिए ।