फागुन, वीरगञ्ज – एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले प्रजातन्त्र र लोकतन्त्र दिवस मनाउनुको कुनै औचित्य नभएको टिप्पणी गर्नु भएको छ ।
शनिबार बाराको सीमरा बिमानस्थलमा सञ्चारकर्मीहरुसँग भट्टराइले मुलुकमा गणतन्त्र आइसकेकाले अब प्रजातन्त्र र लोकतन्त्र दिवस मनाउनु भन्दा पनि गणतन्त्र दिवस मात्र मनाउन उचित हुने बताउनु भयो ।
उहाँले आगामी जेठ १४ गतेभित्र नयाँ संविधान जारी गर्न वर्तमान सरकारलाई निरन्तर दबाब दिनुपर्ने बताउनुभयो ।
दलहरुबीच साझा सहमतिका साथ सरकारको विस्तार एवं नयाँ संविधान तयार पार्ने गृहकार्यमा तत्काल जुट्न नसके जेठ १४ गते संविधान घोषणा गर्न सम्भव नहुने बताउनुभयो ।



