सातबुँदे सम्झौंता त्रुटिपूर्ण रहेकाले त्यसको पालना नगरी काँग्रेसलाई पनि सरकारमा सहभागि गराउनु पर्ने पूर्व प्रधानमन्त्री नेपालको भनाई

प्राप्त समाचार  अनुसार पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेका अध्यक्ष झलनाथ खनाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सातबुँदे सम्झौंता त्रुटिपूर्ण रहेकाले त्यसको पालना नगरी काँग्रेसलाई पनि सरकारमा सहभागि गराउनु पर्ने बताउनु भएको छ ।


आज बिराटनगर विमान स्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेपालले माओवादीलाई कुनै पनि हालतमा गृहमन्त्रालय नदिने बताउनु भयो ।


नेता नेपालले सेना र हतियार भएको पार्टी माओवादीलाई गृह मन्त्रालय दिएर सबै शक्ति उसैको पोल्टामा हाल्न नसक्ने बताउनु भयो ।