
समावेशी लोकतन्त्रको परिभाषा, सरकारको नेतृत्व पालैपालो गर्नुपर्ने, सेना समायोजनमा छुट्टै सुरक्षा अंग बनाउने र दीर्घकालीन समयसम्म माओवादीसँग सहकार्य गर्ने भन्ने सो सहमतिका बुँदाहरु आपत्तिजनक रहेको नेता नेपालको भनाइ थियो।
शनिबार धनकुटामा आयोजित एमालेको कार्यकर्ताहरुको सभालाई संबोधन गर्दै नेपालले ती बुँदाहरु सच्याउनुपर्ने बताएका हुन्।
उनले त्रुटीपूर्ण बुँदाहरु नसच्याइएसम्म सरकारले पूर्णता नपाउने धारणा पनि व्यक्त गरेका थिए।
एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री बन्नुअघि माओवादी अध्यक्ष प्रचण्डसँग सातबुँदे सहमति गरेका थिए।
गृहमन्त्रालय माओवादीलाई दिन नहुनेमा एमालेका बरिष्ठ नेताहरुले जोड दिँदै आएका छन्।
त्यसलाई दोहोर्याउँदै पूर्व प्रधानमन्त्री नेपालले भने,



