झापाबाट निर्वाचित माओवादीका सभासदको निधन

काठमाडौ – काठमाडौबाट प्राप्त समाचार  अनुसार झापाको क्षेत्र नम्बर २ बाट निर्वाचित माओवादीका सभासद गौरीशंकर खड्काको सोमबार बिहान निधन भएको छ । लामोसमयदेखि क्यान्सरपीडित ४५ बर्षीय खड्का माओवादीको केन्द्रीय सदस्य समेत थिए ।

दिल्लीमा उपचार गराएर फर्किएका खड्काको दुई दिनअघि ललितपुरको बीएन्डबी अस्पतालमा भर्ना गरिएको थियो । त्यही उनको निधन भएको हो ।

परिवारमा उनकी श्रीमति, एक छोरा र आमा छन्। उनले संविधान सभा निर्वाचनमा काँग्रेस उम्मेदवार सुधीर शिवाकोटीलाई पराजित गरेका थिए।