एमालेद्वारा माओवादी अध्यक्ष सँग गरेको सात बुँदे सहमतिका केही बुँदाहरुलाई संशोधन गर्ने प्रस्ताव

सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले पोलिटब्युरो वैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनालले एकीकृत माओवादी अध्यक्ष सँग गरेको सात बुँदे सहमतिका केही बुँदाहरुलाई संशोधन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।


माओवादी अध्यक्ष प्रचण्डले सात बुँदे सहमति सच्याइए सरकार ढल्ने चेतावनी दिएको भोलिपल्ट एमालेको त्यस्तो प्रस्ताव आएको हो।


सो प्रस्तावमाथि मंगलबार बस्ने एमाले केन्द्रिय समितिको वैठकमा विस्तृत छलफल हुने नेताहरुले बताएका छन्।


लामो विवादपछि अन्तत: नेकपा एमालेको उच्च तह पोलिटब्युरोले अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष प्रचण्डबीच भएको सात बुँदे गोप्य सहमतिलाई संशोधन गर्ने प्रस्ताव पारित गरेको छ।