जीवनको अन्तिम दोसाधमा कृष्ण प्रसाद भटराइ

जीवनको अन्तिम दोसाधमा कृष्ण प्रसाद भटराइ

 

काठमाडौं । राजधानीको नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको स्वास्थ्य अवस्था अन्यन्त नाजुक बनेको छ ।


भट्टराईको महत्वपूर्ण अंगहरु शिथिल बन्दै गएको छ भने ६ घण्टादेखि पिसाव बन्द भएको छ । उपचारमा संलग्न चिकित्सक डाक्टर भरत रावलका अनुसार उहाँलाई दिइएको सबै औषधीहरु निस्प्रभावित भएका छन् । यद्यपी चिकित्सकहरुले भट्टराईलाई बचाउन हरसम्भव प्रयास गरिरहेका छन् । भट्टराईलाई बिहीबारदेखि एक्सटर्नल भेन्टिलेटर सपोर्ट सिस्टममा राखिएको छ ।


८७ वर्षीय पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्य अवस्था विगि्रएपछि उहाँका समर्थक तथा शुभनिन्तकको अस्पतालमा भिड लागेको छ । कांग्रेस सभापति सुशील कोइराला माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड उपाध्यक्ष डा. बाबुराम भट्टराई लगायतले अस्पताल पुगेर भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ ।


विक्रम संवत १९८१ पुष कृष्ण अष्टमीका दिन जन्मनु भएका भट्टराई सन् १९४२ को भारत छोड आन्दोलनबाट राजनीतिमा प्रवेश गर्नु भएको थियो । भट्टराई नेपाल पत्रकार महासंघका पहिलो सभापति तथा प्रतिनिधी सभाको पहिलो सभामुख हुनुहन्छ ।


वि. सं. २०३४ साल कात्तिकदेखि लगातार १४ वर्ष सम्म कांसेस्रको कार्यवहाक सभापति हुनु भएका भट्टराई २०४८ साल फागुनको सुरुमा झापामा भएको महाधिवेशनबाटसभापति हुनुभयो । २०४६ सालको जनआन्दोलनपछि बनेको अन्तरिम सरकारको प्रधामन्त्री बन्नु भएका थियो । भट्टराई पछिल्लो समय कांग्रेसमा भने निश्क्रिय रहनु भएका थियो ।