अर्घाखाँची टाईम्स यूएई डेस्क लाई नेपाल बाट भर्खरै प्राप्त समाचारमा जनाइए अनुसार कांग्रेस संस्थापक एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको अहिले भर्खरै मध्यरातमा निधन भएको छ।
उनलाई उपचारमा सलग्न चिकित्सहरुले राती ११ बजेर २६ मिनेट जाँदा निधन भएको घोषणा गरेका छन।
‘राती ११ बजेर २६ मिनेट जाँदा उहाँको निधन भयो’ उपचारमा सलग्न डा. भरत रावलले भने, ‘उहालाई बचाउन गरिएको सबै प्रयासहरु सार्थक हुन सकेन ।’
स्वास्थ्यस्थिति अत्यन्त संकटपूर्ण बनेपछि चिकित्सकले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई ‘बी-प्याप’ भनिने ‘एक्सटर्नल भेन्टिलेटर सपोर्ट सिस्टम’मा राखेका छन् । उनको शरीरका विभिन्न प्रणालीहरू काम नगर्ने स्थिति बिहीबार अबेर रातिसम्म यथावत् छ । चिकित्सकका अनुसार भट्टराई मृत्युसित संघर्ष गरिरहेका छन् ।
नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्वास्थ्य अवस्था अन्यन्त नाजुक बनेको छ । राजधानीको नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्य अवस्था अन्यन्त नाजुक रहेको अस्पताल स्रोतले जनाएको छ ।
उपचारमा संलग्न चिकित्सक डाक्टर भरत रावलका अनुसार भट्टराईको महत्वपूर्ण अंगहरु शिथिल बन्दै गएको र ६ घण्टादेखि पिसाव बन्द भएको छ । उहाँले दिइएको सबै औषधीहरु निस्प्रभावित भएका यद्यपी चिकित्सकहरुले भट्टराईलाई बचाउन हरसम्भव प्रयास गरिरहेको जानकारी दिनुभयो । पूर्वप्रधानमन्त्री भट्टराईलाई बिहीबारदेखि एक्सटर्नल भेन्टिलेटर सपोर्ट सिस्टममा राखिएको छ ।
८७ वर्षीय पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्य अवस्था विग्रिएपछि उहाँका समर्थक तथा शुभनिन्तकको अस्पतालमा भिड लागेको छ भने कांग्रेस सभापति सुशील कोइराला, माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड उपाध्यक्ष डा. बाबुराम भट्टराई लगायतले अस्पताल पुगेर भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ ।
यही फागुन १ देखि मुटु, फोक्सो र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित हुनुभएपछि ८७ वषर्ीय भट्टराईलाई सो अस्पतालमा भर्ना गराई उपचार गरिएको हो ।