काठमाडौ – किसुनजी अर्थात कृष्णप्रसाद भट्टराईले आफ्नो पुरै जीवन राजनीतिक आरोह अवरोहमा विताए । मुलुकमा प्रजातन्त्र बहालीको लागि अनवरत सघर्षको पर्याय नै बने । उनले आफ्नो जीवनमा घात, प्रतिघातहरु खेपे तर, कहिल्यै प्रजातन्त्रप्रतिको निष्ठामा आँच आउन दिएनन् । राजनीतिले जनविश्वास गुमाउँदै गएको यो घडीमा राजनीतिमा त्याग, निस्वार्थ तथा इमान्दारिताको पर्याय बनेका किसुनजी सबैका लागि पथ प्रदर्शक बनि रहने छने ।