दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको सत्रौं सम्मेलन माल्दिभ्सको मालेमा आगामी नोभेम्बर १० देखि १२ सम्म हुने

काठमाडौं  – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको सत्रौं सम्मेलन माल्दिभ्सको मालेमा आगामी नोभेम्बर १० देखि १२ सम्म हुने भएको छ ।

सार्क सचिवालयका अनुसार गत महिना भुटानको थिम्पुमा आयोजित सार्क परराष्ट्र मन्त्रीस्तरीय समीक्षा बैठकमा माल्दिभ्सले सार्क सम्मेलनको तिथि प्रस्ताव गरेको थियो । ‘प्रस्तावित तिथि आठवटै सदस्य राष्ट्रहरूबाट अनुमोदन भएको छ,’ सचिवालयका एक अधिकारीले भने ।