कांग्रेसद्वारा १३ दिनसम्म शोक मनाउने निर्णय, आजदेखि चैत २ गतेसम्म १३ दिन देशभरका पार्टी कार्यालयहरुमा झण्डा आधा झुकाइने, भट्टराईको अस्तुलाई १३ औँ दिन ७५ जिल्लामा पुर्‍याइने

नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पार्थिव शरीर अहिले ललितपुर बाँडेगाउँस्थित उनको निवासमा राखिएको छ। अन्तिम श्रद्धाञ्जलिका लागि पार्थिव शरीर भोलि बिहान आठ बजेदेखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा, बिहान १० बजेदेखि २ बजेसम्म त्रिपुरेश्वरको दशरथ रंगशालामा राखिनेछ। २ बजेपछि दशरथ रङ्गशालाबाट नयाँ सडक गेट, वीर अस्पताल, रत्नपार्क, बागबजार, डिल्लीबजार, पुरानो बानेश्वर, गौशाला हुँदै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ। यो निर्णय आज बिहान निवासमा बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले गरेको छ।  

बैठकले १३ दिनसम्म शोक मनाउने निर्णय गरेको छ। यसअनुसार आजदेखि चैत २ गतेसम्म १३ दिन देशभरका पार्टी कार्यालयहरुमा झण्डा आधा झुकाइने छ। भट्टराईको अस्तुलाई १३ औँ दिन ७५ जिल्लामा पुर्‍याइने छ र काठमाडौँ लगायत सबै जिल्लाहरुमा श्रद्धाञ्जलि सभाको आयोजना गरिनेछ।

८६ वर्षको उमेरमा शुक्रबार राति ११:२६ बजे निधन उनको निधन भएको हो। विभिन्न स्वास्थ्य समस्या देखिएपछि तीन साताअघि काठमाडौँको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य स्थिति बिग्रँदै गएपछि उनलाई फागुन ४ गते सघन उपचार कक्षमा सारिएको थियो।

सन्त नेताका रुपमा परिचित भट्टराई दुई पटक नेपालका प्रधानमन्त्री भए। ३ दशकको पञ्चायती शासनको विरोधमा भएको जनआन्दोलनपछि पहिलो पटक प्रधानमन्त्री बनेका भट्टराईको नेतृत्वमा नेपालमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनापछिको संवैधानिक राजतन्त्रसहितको संविधान जारी भई चुनाव सम्पन्न भएको थियो।


सात सालको आन्दोलनपछि भएको पहिलो आम निर्वाचनपछिको संसदमा भट्टराईले देश कै पहिलो सभामुखका रुपमा कार्यभार सम्हालेका थिए। उनी नेपाल पत्रकार महासंघका प्रथम सभापति पनि हुन्।





 


जीवनका प्रमुख घटना


१९८१ पुस १७ : जन्म


२००३ : नेपाली राष्ट्रिय कांग्रेसको सह