प्रधानमन्त्री खनालद्वारा भट्टराईको दुःखद निधनले आफू स्तब्ध र मर्माहत भएको उल्लेख(शोक वक्तव्य सहित)

Nepals Prime Minister Jhala Nath Khanal ...काठमाडौ – प्रधानमन्त्री झलनाथ खनालले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधनले मुलुकको लोतान्त्रिककरणको प्रक्रियामा ज्यादै ठूलो र अपूरणीय क्षति भएको बताएका छन् ।

 

शनिबार शोक वक्तव्य निकाल्दै खनालले भट्टराईको दुःखद निधनले आफू स्तब्ध र मर्माहत भएको जनाएका छन् । भट्टराईले लोकतान्त्रिक आन्दोलनका लागि पुर्‍याएको योगदानको चर्चा गर्दै खनालले अन्तरिम सरकारमा भट्टराई नेतृत्वमा आफू मन्त्री रहेको क्षण स्मरण गरेका छन् । खनालले वक्तव्यमा भनेका छन्-‘उहाँले अन्तरिम सरकारको कुशल र सफल नेतृत्व गर्नुभयो,जुन सरकारमा मैले मन्त्रीको जिम्मेवारी सम्भालेका थिए ।  त्यस कालमा विकसित भएको उहाँसंगको निकट र सुमधुर सम्बन्ध मेरो स्मृतिमा ताजै छ ।’

 

तात्कालिन परिवेशमा त्रिपक्षीय सम्झौता अनुसार सरकारको नेतृत्व गरेर छोटो अवधिमा संविधान निर्माण र निर्वाचित सरकारलाई सत्ता हस्तानान्तरण गर्ने चुनौतिपूर्ण कार्य गरेर भट्टराईले ऐतिहासिक सफलता हासिल गरेको प्रधानमन्त्रीले आफ्नो वक्तव्यमा उल्लेख गरेका छन् ।