सरकारले भट्टराईलाई राजकीय सम्मान, भोलि आइतबार सार्वजनिक बिदा, तीन दिनसम्म राष्ट्रिय झण्डा झुकाएर शोक

काठमाडौं – सरकारले पूर्वप्रधानमन्त्री एवं कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईको राजकीय सम्मान दिने भएको छ ।

सन्त नेता भट्टराईको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय शनिबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ । यसैगरी सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारले तीन दिनसम्म राष्ट्रिय झण्डा झुकाएर शोक मनाउनेसमेत निर्णय गरेको छ ।