भट्टराईको शव श्रद्धाञ्जलीका लागि आज विहान आठ बजेदेखि दश बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपा र दुई बजेसम्म दशरथ रंगशालामा

शुक्रवार राति निधन हुनु भएका पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराइको पार्थिव शरिर उहाँ बस्दै आउनु भएको ललितपुरको बाँडेगाउँस्थित आश्रममा राखिएको छ।

 

उहाँलाई श्रद्धान्जली दिन बिहानैदेखि सर्वसाधारण र विभिन्न दलका नेता तथा कार्यकर्ता बिहानै बाँडेगाउँ पुगेका छन्। भट्टराइको पार्थिव शरिर भोलि बिहानसम्म बाँडेगाउँमै राखिने छ। भट्टराईको निधनप्रति कांग्रेसले शोक व्यक्त गरेको छ। बाडेगाँउमै शनिवार विहान बसेको कांग्रेसको आकस्मिक बैठकले भट्टराईको निधनप्रति शोक व्यक्त गरेको हो। कांग्रेसले भट्टराईको निधनले दुःख व्यक्त गर्दै १३ दिनसम्म पार्टीको झ48डा आधा झुकाउने निर्णय गरेको छ।

 

त्यसैगरी चैत्र दुई गते श्रद्धाञ्जली सभा गर्ने निर्णय पनि कांग्रेसले गरेको छ। भट्टराईको शव शनिवार दिनभर नै बाडेगाँउस्थित सरकारी आश्रममा राखिएको थियो।

 

भट्टराईको शव श्रद्धाञ्जलीका लागि आज विहान आठ बजेदेखि दश बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपा र त्यसपछि दुई बजेसम्म दशरथ रंगशालामा राखिनेछ। त्यस लगत्तै शवयात्रासहित पशुपति आर्यघाटमा उहाँको दाहसंस्कार गरिनेछ।