काठमाडौ – सन्तनेता कृष्णप्रसाद भट्टराईको पार्थिक शरिरमा अन्तिम श्रद्धाञ्जलि ब्यक्त गर्नका लागि पुरानो परम्परा तोड्दै राष्ट्रपति डा. रामवरण यादव रंगशाला पुगेका छन् ।
राष्ट्र प्रमुखले अन्तिम् श्रद्धाञ्जलि दिनका लागि नजाने परम्परा तोड्दै राष्ट्रपति यादव भट्टराईको पार्थिक शरिरमा श्रद्धाञ्जलि ब्यक्त गर्न रंगशाला पुगेका हुन् ।
राष्ट्रपतिले खप्न नसकेर रंगशाला पुगेको प्रतिक्रिया दिएका छन् । सन्तनेता भट्टराईलाई श्रद्धाञ्जलि नदिइ रहन नसक्ने उल्लेख गर्दै परम्परा तोडेर आएको बताएका हुन् ।
यही परम्पराका कारण यसअघि काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई श्रद्धाञ्जलि दिन गएका थिएनन् । राष्ट्र प्रमुखले सन्देश मात्र प्रकाशित गर्ने चलन रहेको छ ।
दागवत्ति भतिजाले दिने
भट्टराईको पार्थिक शरिरमा उनका साइला दाई गोपालप्रसाद भट्टराईका कान्छा छोरा प्रमोदले दागबत्ति दिने भएका छन् । रंगशालाबाट दिउँसो २ बजे शवयात्रा सुरु हुनेछ । पशुपति आर्यघाटमा भट्टराईको अन्त्यष्टि गरिने छ । त्यही प्रमोदले दागबत्ति दिने छन् ।



