अस्थायी शिविरमा रहेका माओवादी लडाकुहरुको समायोजन र पुनर्स्थापन गर्ने कार्यतालिका पाँच दिन भित्र तयार गर्न प्रमुख तीन दल सहमत


 

अस्थायी शिविरमा रहेका माओवादी लडाकुहरुको समायोजन र पुनर्स्थापन गर्ने कार्यतालिका पाँच दिन भित्र तयार गर्न प्रमुख तीन दल सहमत भएका छन्।

 

प्रमुख तीन दलले माओवादी लडाकुहरुको समायोजन र पुनस्थापन गर्ने कार्यतालिका पाँच दिनभित्र तयार गरी शान्ति प्रकृया तीव्र बनाउने निधो गरेका छन्।

लामो अन्तरालपछि भएको तीन दलीय शीर्ष बैठकले कार्यतालिका बनाउन प्रधानमन्त्रीको अध्यक्षतामा रहेको विशेष समितिलाई निर्देशन दिएको छ।


सत्ता संघर्षमा महिनौं खेर फालेपछि सत्ताधारी एकीकृत नेकपा माओवादी र नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरुले एउटै टेबुलमा बसी शान्ति प्रकृयामा केन्द्रित भई छलफल गरेका थिए।


बैठकले म्याद तोकेरै माओवादी लडाकुहरुको भविष्य निर्धारण गर्ने उक्त महत्वपूर्ण जिम्मेवारी विशेष समितिलाई दिएको हो।

 


बैठकको सहमति सुनाउँदै एमाले नेता प्रदीप ज्ञवालीले भने,