माओवादी सेना समायोजन तथा पुन:स्थापनाको ढाँचा तथा कार्यतालिका पाँच दिन भित्र बनाउन सहमत भएको भोलिपल्ट प्रमुख तीन दलका नेताहरु सहमति जुटाउन विफल


 

– माओवादी सेनाको समायोजन तथा पुन:स्थापनाको प्रारुप तथा तालिका बनाउन प्रमुख तीन दलहरु सहमत भएको भोलिपल्ट त्यसबारे कुनै ठोस प्रगति हासिल हुन सकेन।

माओवादी सेना समायोजन तथा पुन:स्थापनाको ढाँचा तथा कार्यतालिका पाँच दिन भित्र बनाउन प्रमुख तीन दलका नेताहरु सहमत भएको भोलिपल्ट त्यस विषयमा ठोस सहमति जुटाउन प्रमुख दलहरु विफल भएका छन्।


तर एकजना माओवादी नेताको भनाइमा समायोजनको ढाँचा र तालिका बनाउन एउटा कार्यदल बनाउने सहमति भएको छ।


उनका अनुसार शिविरहरुमा थपिने जनशक्ती बारेको विवाद हल गर्ने उपाय पनि निस्किएको छ।


माओवादी सेना समायोजन तथा पुन:स्थापना कार्य अघि बढाउनेबारे बिहीबार प्रमुख तीन दलका नेताहरुबीच जेजस्तो सहमति भएपनि त्यस्लाई कार्यान्वय गर्नेबारे सेना समायोजन विशेष समितिमा उत्पन्न भएको किचलो शुक्रबार टुङ्गन सकेन।


समायोजन तथा पुन:स्थापना कार्य अघि बढाउन शिविरहरुमा खटाइनु पर्ने जनशक्ती बारे हिजो नै विशेष समितिको वैठकमा मतभेद शुरुभएको थियो।


त्यस्को समाधान गर्न बोलाइएको प‍ूर्वनिर्धारित वैठक शुक्रबार बस्न सकेन।


तर प्रधानमन्त्री र प्रचण्डबीच भएको भनिएको वैठकपछि बोल्दै माओवादी नेता एवं शान्ति तथा पुनर्निर्माण मन्त्री वर्षमान पुन अनन्तले दुई नेताबीच सचिवालयले सुझाए अनुसार नै जनशक्ती थप्नेबारे सहमति भएको बताए।