केही दिन अगाडि केन्द्रिय कारागारभित्रै बन्दीमाथि गरिएको आक्रमणको घटनाबारे न्यायिक छानबीन गरिने प्रधानमन्त्री झलनाथ खनालको उल्लेख

– केही दिन अगाडि केन्द्रिय कारागारभित्रै एकजना बन्दीमाथि गरिएको आक्रमणको घटनाबारे न्यायिक छानबीन गरिने प्रधानमन्त्री झलनाथ खनालले बताएका छन्


प्रधानमन्त्री झलनाथ खनालले केन्द्रिय कारागारभित्रै एकजना बन्दीमाथि गोली प्रहार गरिएको घटनाले उब्जाएको समग्र सुरक्षा प्रणालीका बारेको चिन्ता सम्बोधन गर्न सिफारिससहित प्रतिवेदन दिन छिट्टै एउटा न्यायिक छानबीन आयोग गठन गर्ने जनाएका छन्।


जेलमा रहेका सञ्चार उद्यमी युनुस अन्सारीमाथि गरिएको गोली प्रहारको घटनामा संलग्नहरुलाई नछाडिने उनले बताए।


राजधानीस्थित केन्द्रिय कारागारभित्रै एकजना भारतीय आक्रमणकारीले हतियार लिएर गएको विषयमा चौतर्फि आलोचना भएपछि गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री खनालले आईतबार संसदमा त्यसबारे जवाफ दिएका थिए।