
बिहानको खाजा खाएर आराम गरिरहेकी सिंहलाई केहि असहज भएको थियो । डाक्टरलाई समेत बोलाउन नपाउँदै उनको मृत्यु भएको पार्टीका कार्यबाहक अध्यक्ष खुसीलाल मण्डलले बताए । नेपाल सदभावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको निधन पछि उनका श्रीमती आनन्दी देवी सिंह पार्टीको अध्यक्ष भएकी थिइन् ।
निःसन्तान उनी आफना भतिजासंगै सप्तरी सेवा आश्रममा रहँदै आएकी थिइन् । दुई बर्ष अघि बिरामी रहँदै आएकी सिंह कीिह दिन देखि स्वास्थ्यमा निकै सुधार आईसकेको थियो । तर, अचानक सिंहको मृत्यु भएको कार्यबाहक अध्यक्ष खुसीलाल मण्डलले बताए।



