– नयाँ संविधान जारी गर्ने दिन नजिकिदै गर्दा संविधान निर्माणबारेका केही विवाद सल्टिएका छन् तर थुप्रै मतभेदहरु हल हुन बाँकी नै छ।
केही विवाद समाधान भएको बताइए पनि संविधान निर्माणका क्रममा देखिएका प्रमुख विवादहरु अझै सुल्झिसकेका छैनन्।
भावी नेपालको शासकीय स्वरुप, निर्वाचन प्रणाली जस्ता विषयहरुमाथि प्रमुख दलहरुबीचको विवाद हल हुन बाँकी नै छ।
संविधान निर्माणसँग सम्बन्धित विवादहरु समाधान गर्न गठित एउटा उपसमितिले सोमबारको बैठकमा संसदको स्वरुप निर्धारणबारेका करीब ३० वटा विवादहरु टुङ्ग्याएको छ।
सो उपसमितिमा सहभागी संवैधानिक समितिका एक जना सदस्य सदभावना पार्टीका लक्ष्मणलाल कर्णका अनुसार केन्द्रमा संसद दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक रहने सहमति भएको छ।



