एकिकृत नेकपा माओवादीको मुखपत्र जनदिशा राष्ट्रिय दैनिक वन्द भएको छ। आर्थिक अभावका कारण वुधवारवाट पत्रिका वन्द गरिएको व्यवस्थापन पक्षले जनाएको छ। आर्थिक अभावले केहि महिनादेखि प्रकाशनले कर्मचारी र प्रेसमा रकम तिर्न सकेका छैनन।
माओवादी भित्र तिन गुट देखिएपछि पत्रिकाको खवर प्रकाशनका विषयमा पनि विवाद हुने गरेको थियो। हेडक्वार्टरको आर्थिक सहयोगवाट प्रकासन हुदै आएको जनदिशाा दैनिक पछिल्लो समय वैध नजिक भएको प्रकाशनलाई आरोप लाग्दै आएको थियो। केहि महिनादेखि पत्रिकालाई पार्टीले सहयोग नगरेपछि पत्रिका प्रकाशनमा निकै कठिन परेको व्यवस्थापनले जनाएको छ।
पत्रिका प्रकाशनमा झ48डै तिस जनाको समुह थियो। पत्रिका वन्द भएपछि प्रकाशनले कर्मचारीलाई वाटो खर्च दिएर विदा गरेको छ। आर्थिक अभावकै कारण जनादेश राष्ट्रिय साप्ताहिक पनि रंगिनवाट श्यामश्वेतमा प्रकाशन हुन थालेको छ।
राजधानीवाटै तिन खेमाका झ48डै डेड दर्जन साप्ताहिक तथा मासिक पत्रिका प्रकाशित हुदै आएका छन। यसले पनि जनदिशा दैनिक र जनादेश साप्तहिक प्रकाशनमा समस्या आएको यि प्रकाशनका व्यवस्थापनले जनाएका छन।