राष्ट्र बैंकको नोट विस्थापन नीति र नेपाल सरकार ले सबिधान नबनाउने कुरा उस्तै उस्तै

– राजाका तस्बिर अंकित नोटहरू बजारबाट हटाउनु नियमित प्रक्रिया र नेपाल सरकारको निर्णयको कार्यान्वयन मात्रै हो । नेपाल राष्ट्र बैंकले राजाका तस्बिर अंकित नोटहरूलाई अमौद्रिकीकरण गरी चलनचल्तीमा रोक लगाएको छैन ।
 
नेपालको मौद्रिक बजारमा पछिल्लो समयमा आएर सफा नोट नीति समाचारले सञ्चारमाध्यहरूमा निकै स्थान पाएको देखिन्छ । राजाका तस्बिर भएका नोटहरू अब नचल्नेलगायतका गुनासा सुन्न थाालिएको छ ।


राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०६७/०६८ को मौद्रिक नीतिमा आर्थिक क्रियाकलाप विस्तारसँगै नोटको मात्रामा हुने वृद्धि तथा चाडबाडमा सटहीको माग पूरा गर्न तीन वर्षको नोटको मागलाई धान्ने गरी नोट छपाइ गर्ने, झुत्रो नोट चलनचल्तीबाट हटाउँदै जाने उद्देश्यले सफा नोट मात्र चलनचल्तीमा ल्याउने नीति क्रमशः लागू गर्दै लगिने, झुत्रा नोटहरू बैंकिङ च्यानलभित्र ल्याई नष्ट गरिने, नोटको प्याकेटमा स्टिच गर्ने व्यवस्थालाई निरुत्साहित गरिने र सफा नोट नीतिबारे सर्वसाधारणलाई जागरूक गराउने नीति अंगीकार गरेको छ । यस नीतिअन्तर्गत विशेषत तीन वर्षको नोटको मागलाई प्रक्षेपण गरी नोट छपाइ गर्ने, झुत्रा, मैला, टालेका, फाटेका नोटहरू बजारबाट हटाउँदै लगिने, सफा नोट मात्र चलनचल्तीमा ल्याउने, नोटको प्याकेटमा लगाउने स्टिचलाई निरुत्साहित गरिने र यस नीतिका बारेमा सर्वसाधारणलाई जागरूक बनाउन विभिन्न उपाय अवलम्बन गर्ने कार्यहरू कार्यान्वयन प्रक्रियामा छन् । अब यहाँ प्रश्न उठ्न सक्छ, सफा नोट नीतिअन्तर्गत राजाका तस्बिर भएका नोटहरू किन चलनचल्तीबाट हटाउनुप