समयमा संविधान नबनाएको भन्दै ६०१ जना सभासद्को ज्यूँदै श्राद्ध गर्दै हिड्नेलाई पोखरामा पक्राउ

कास्की – थाहा भए अनुसार  समयमा संविधान नबनाएको भन्दै ६०१ जना सभासद्को ज्यूँदै श्राद्ध गर्दै हिड्ने राकेश कुमार शर्मालाई आईतबार पोखरामा श्राद्ध गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

ज्युँदो अवस्थामै सभासद्हरुको श्राद्ध गरेको भन्दै वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ६०१ जना सभासद्हरुको कार्टुनसहित १० महिने मासिक श्राद्ध उनले पोखराको पृथ्वीचोकमा गरेका थिए ।  

उनलाई बैदामको प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।