पश्चिमा गठबन्धन सेनाद्वारा गर्णेल गद्दाफी विरुद्धको शैन्य कारवाहीका क्रममा लिवियाको पूर्वि शहर अजदाबियामा भिषण हवाइ आक्रमण


पश्चिमा गठबन्धन सेनाले गर्णेल गद्दाफी विरुद्धको शैन्य कारवाहीका क्रममा लिवियाको पूर्वि शहर अजदाबियामा भिषण हवाइ आक्रमण गरेको छ। हवाइ आक्रमणका क्रममा ठूलो संख्यामा गद्दाफीका वफादार सैनिकको हताहती भएको उत्तर एट्लाण्टिक सन्धि संगठन नेटोले दावी गरेको छ।

 

नेटो सेनाले हवाइ कारवाहीका कारण लिवियाको बायु सैनिक क्षमता कमजोर भइसकेको भए पनि स्थल फौज भने अझै बलियो रहेको बताएको छ। सोही कारण ट्याङ्कर र स्थल सेनाका अखाडाहरुलाई लक्षित गरी पछिल्लो हवाइ आक्रमण केन्द्रित रहेको नेटोले जनाएको छ। उता गद्दाफीे सरकारले पश्चिमा गठबन्धन सेनाले गरेको पछिल्लो हवाइ आक्रमणमा दर्जनौ सर्वसाधारण मारिएको बताएको छ।

 

अजदाबिया शहरमा गद्दाफीका वफदार सैनिक र सरकार विरोधी विद्रोहीबीच पनि भिषण लडाइ भैरहेको अन्तरराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। यसैबीच गद्दाफी विरुद्ध नेटो सेनाको हवाइ कारवाहीमा सम्मिलित हुने कतार पहिलो अरव मुलुक बनेको छ।

 

 

लिबियामा भएको युद्ध छिटोभन्दा छिटो अन्त्य हुने अफ्रिकी जनताको आशा

 

केही दिन देखि यता केही अफ्रिकाका जनताले पश्चिमी मुलुकहरुद्बारा लिबियामा गरेको सैनिक कारवाहीको विरोध गर्नुका साथै लिबियामा भएको युद्ध छिटोभन्दा छिटो अन्त्य हुने आशा गरेका छन्।

नाइजरका नागरिक मिसपाहु जानेइदुले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले पारित गरेको निर्णय-प्रस्तावमा लिबियामा उडान निषेध गरिएको बताउनुभयो। उहाँले तर सो निर्णय-प्रस्तावमा फ्रान्स, अमेरिका, बेलायत आदि पश्चिमी मुलुकले लिबियामाथि गरेको सैनिक कारवाही अस्वीकार्य भएको बताउनुभयो । उहाँले सैनिक कारवाहीमा धेरै सर्वसाधारणको मृत्यु भएको र बाहिरी हस्तक्षेप नगरीकन लिबियाले आफ्नो घरेलु समस्याको समाधान गर्न सक्छ भन्नुभयो।


नाइजेरियाका नागरिक नुरादिन इपराहिम अदामले विभिन्न पक्षले यद्धलाई छिटो भन्दा छिटो रोक्न र शान्ति र वार्तामार्फत संकटको समाधान गर्न आह्वान गर्नुभयो।