– यस वर्षको बजेट संसदबाट पारित भएको एक महिना पुगे लगत्तै सरकारले पूरक बजेट ल्याउन लागेको छ
अर्थ मन्त्रालयका अधिकारीहरुका अनुसार यही साताको अन्तसम्ममा पूरक बजेट ल्याइने छ।
आफू प्रतिपक्षमा रहेको बेला आएको बजेटलाई स्वीकार्न नसकिने भन्दै हाल सरकारमा संलग्न एकीकृत माओवादीले तीव्र दबाब दिएपछि सरकार अचकल्टो समयमा पूरक बजेट ल्याउन वाध्य भएको हो।
यतिखेर पूरक बजेट ल्याउने बेला न कुबेलाको कसरतमा अर्थ मन्त्रालयका अधिकारीहरु लागिपरेका छन्।
हालको बजेटको ३ खर्ब ३८ अर्ब रुपियाँकै सीमामा रहेर केही नयाँ कार्यक्रमहरु सहितको पूरक बजेट अब केही दिनमै ल्याइने अधिकारीहरुको भनाई छ।



