आइभरी कोष्टका मुख्य शहर अविदजानमा विपक्षी नेता वाटाराकासैनिक र राष्ट्रपति बाग्बोका सैनिकबीच भिडन्त जारी

Heavy attacks: an armoured UN vehicle on March 3, 2011 in Abidjan (AFP: Ossouf Sanogo)

 

अफ्रिकी मुलुक आइभरी कोष्टको मुख्य शहर अविदजानमा विपक्षी नेता अलासान वाटाराका वफादार सैनिक र वर्तमान राष्ट्रपति लौरेन्ट बाग्बो समर्थित सैनिकविच तेस्रो दिन पनि भिडन्त जारी रहेको छ।

 

प्रत्यक्षदर्शीहरुले राष्ट्रपति भवन, टेलिभिजन स्टेशन र लगायतका स्थानहरुमा दुवै पक्षविच भिडन्त भैरहेको जनाएका छन्। वाटाराका सैनिकहरुले ती स्थानहरुलाइ आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेको बताइएको छ। संयुक्त राष्ट्र संघले अविदजानमा भएको भिडन्तका कारण  ३ सय ३० जना भन्दा बढीको मृत्यु भएको जनाएको छ।

 

यद्यपी अन्य स्रोतले भने अविदजानको हिंसामा एक हजार जनाको मृत्यु भएको दावी गरेका छन्। प्रत्यक्षदर्शीहरुले अविदजानमा गोलि र विष्फोटको आवाज सुनिएको बताएका छन्। स्थानियवासीले दुवै पक्षविचको जारी भिडन्तका कारण आफूहरुले असुरक्षित महसिूस गर्नुपरेको जनाएका छन्।

 

आइभोरी कोस्टको आर्थिक राजधानीमा गोली हानाहान


आइभोरी कोस्टका भूतपूर्व राष्ट्रपति लाउरन्त क्बाकबो र भूतपूर्व प्रधानमन्त्री ख्वाताराका सशस्त्र शक्तिबीच हिजो दुइ तारिखका दिन आइभोरी कोस्टको आर्थिक राजधानी अबिदजानमा दोहोरो भिडन्त भएको छ।


उक्त दोहोरो भिडन्त अबिदजानको केन्द्रमा पर्ने राष्ट्रपतीय भवनको नजिक भएको हो। हालसम्म ख्वाताराका सशस्त्र शक्तिले यी दुइ क्षेत्रको नियन्त्रण गर्न सकेको छैन।

गत वर्षको नभेम्बरको अन्त्यतिर आइभोरी कोस्टका राष्ट्रपतिको निर्वाचनमा आइभोरी कोस्टका निवर्तमान राष्ट्रपति क्बाकबो र भूतपूर्व प्रधानमन्त्री ख्वाताराले छुट्टछुट्टैरुपमा आफू विजय भएको घोषणा गरी शपथ ग्रहण गरेको थियो। यसपछि आइभोरी कोस्टको राजनीतिमा गतिरोध तथा हिंसा भड्केको छ। ख्वातारा सशस्त्र शक्तिले गत महिनाको अठार तारिखदेखि आइभोरी कोस्टको पश्चिमी भाग, मध्य पश्चिमी तथा पूर्वी भागबाट क्बाकबो सरकारद्बारा नियन्त्रित दक्षिणी भागलाई आक्रमण गरेको छ। हाल ख्वातारा सशस्त्र शक्तिले आर्थिक राजधानी अबिदजानका केही महत्वपूर्ण क्षेत्रबाहेक अरु क्षेत्रको नियन्त्रण गरेको छ।