राजधानीको कोलाहलभन्दा टाढा रहेर शान्त स्थानमा स्थायी समिति वैठक वस्न आएका एकिकृत नेकपा माओवादीका नेताहरुले सुनकोशी नदिमा र् याफटिङको मजा बटुल्ने अवसर पाएका छन् ।
अरनिको लोकमार्गको सुकुटेस्थित काठमाडौबाट ६९ किलोमिटर टाढाको ईक्वेटर रिसोर्टमा सरकारको पूर्णता लगायत पार्टीको विवादका विषयमा छलफल गर्न आएका नेताहरुलाई रिसोर्टका साचालक महेन्द्रिसंह थापाले र् याफटिङको मजा बटुल्ने अवसर दिएका हुन् । शनिवार दिउँसो साँढे एक वजे नेताहरुले वैठक स्थगीत गरेर र् याफटिङ गर्न त_िम्सए । वैठकमा गरमागर्मी छलफलमा जुटेका नेताहरु सुनकोशी नदिको सितल पानीमा डुंगाको पाईडल खियाउँदै र पानीको छालमा भिज्दै रमाईरहेका थिए ।<br>
वैठकमा विमती देखिएपनि र् याफटिङमा नेताहरुबीच एकताको सन्देश दिने प्रयास गरिएको थियो । गाईड गरिरहेका महेन्द्रिसंह थापाले गाईडको आदेश अनुसार सवैले एकैपटक पाईडल खियाउनुपर्ने बताउँदा पोलिटब्युरो सदस्य अग्नी सापकोटाले एकता आबश्यक रहेछ नि भन्दै नेताहरुको ध्यान आकर्षण गराएका थिए ।
तीनवटा बोटमा रहेका माओवादी नेताहरु झण्डै झण्डै बोटमा पनि प्यानल छुटएर बसेका थिए । पहिलो बोटमा अध्यक्ष प्रचण्डसँग उनका छोरा प्रकाश देव गुरुङ पोलिटव्युरो सदस्य अग्नी सापकोटा लगायत थिए । दोस्रो बोटमा नारायणकाजी श्रेष्ठ मोहन वैद्य कृष्णबहादुर महरा सहितको टोली थियो भने तेस्रो बोटमा बावुराम भट्टराई दिनानाथ शर्मा नरबहादुर कर्माचार्य रामबहादुर थापाहरु बसेका थिए ।
तीन किलोमिटर लामो र् याफटिङमा अन्तिममा छुटेका बाबुराम सवैभन्दा अघि पुगेका थिए भने पहिला छुटेका प्रचण्डको बोट सबै भन्दा पछि परेको थियो ।
र् याफटिङ सकेपछि प्रतिकि्रया िदंदै अध्यक्ष प्रचण्डले र् याफटिङ नेपालको पर्यटन बिकासको लागी महत्वपूर्ण पक्ष भएको बताए । पहिलो पटक जलविहारको अनुभव संगालेका प्रचण्डले चुनौति भएपनि रमाईलो अनुभव भएको सुनाए । अन्नपूर्ण पोष्टको प्रश्नमा ठट्टा गर्दै उनले भने यो भन्दा त राजनीतिक यात्रा बढि चूनौतिपूर्ण छ नि ।
सँधै गम्भीर मुद्रामा देखिने उपाध्यक्ष बावुराम भट्टराई पनि पहिलो पटक र् याफटिङको मजा लुट्न पाएकोमा रोमााचक देखिन्थे । उनले पनि प्रचण्ड जस्तै सारै रोमााचक खेल भएको बताए । उनले चूनौतिपूण खेल भएकाले राजनीति गर्नेले यो खेलको अनुभव गर्नै पर्ने उनले बताए ।
सुनकोशी नदिमा सवैभनदा सजिलो मानिएको क्लास टु मा नेताहरुलाई र् याफटिङ गराईएको रिसोर्ट साचालक महेन्द्र िसंह थापाले बताए । उनले नेताहरुलाई र् याफटिङ गराएर पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छन् ।
– DINESH THAPA
Thumpakhar-8 Sindhupalchok