आइभरी कोष्टमा विपक्षी नेता बटारा र राष्ट्रपति बाग्बो समर्थित सेनाबीच भिडन्त जारी, राष्ट्रसंघद्वारा चिन्ता व्यक्त


 

अफि्रकी मुलुक आइभरी कोष्टको मुख्य शहर अविदजानमा विपक्षी नेता अलासान वाटारा र राष्ट्रपति बाग्बो समर्थित सेनाबीचको विगत ४ दिनदेखि जारी पनि भिडन्तका कारण संयुक्त राष्ट्र संघले चिन्ता व्यक्त गरेको छ। भिडन्तका कारण अविदजान र सामरिक दृष्टिले महत्वपूर्ण मानिएको डूएकोव शहरमा हजारौ मानिसको मृत्यु भैसकेको छ।

 

संयुक्त राष्ट्र संघले वर्तमान राजनितिक संकट हलको लागि दुवै पक्षलाइ शान्तिको मार्ग अपनाउन आग्रह गरेको छ। आइभरीकोष्टको पछिल्लो हिंसाप्रति अन्य पश्चिमा शक्ति राष्ट्रहरुले समेत भर्त्सना गरेका छन्। गत वर्षको राष्ट्रपति निर्वाचनमा वाटाराले स्पष्ट जित हासिल गरेको आइभरी कोष्टको निर्वाचन आयोगले जनाएको थियो।

 

यद्यपी त्यहाँको सम्बैधानिक परिषदले निर्वाचन परिणामलाइ उल्टाउदै बाग्बोलाइ नै राष्ट्रपति चयनको लागि मार्ग प्रशस्त गरेपछि आइभरी कोष्टमा नया राजनैतिक संकट देखिएको हो।

 

हाल आइभरी कोष्टमा दुवै नेताहरुले समानान्तर सरकार स्थापित गर्दै सत्ता आफ्नो हातमा हत्याउने प्रयास गरिरहेका छन्। वर्तमान राजनितिक संकटका कारण मुलुकबाट लाखौ मानिस पलायन भैसकेका छन्।