उपप्रधानमन्त्री तथा सञ्चारमन्त्री महराको सम्पत्ति एउटा घर, ३० रोपनी खेत र पाखोवारी

काठमाडौ – उपप्रधानमन्त्री एवम् सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराको रोल्पाको लिवाङमा नेपाली शैलीको पैतृक दुईतले घर र गोठ रहेको छ ।

मन्त्रिपरिषद् सचिवालयमा बुझाइएको उपप्रधानमन्त्री महराको सम्पत्ति विवरणमा उनको रोल्पाकै लिवाङमा करिब २० रोपनी सुख्खा पाखो र करिब १० रोपनी खेत रहेको उल्लेख छ ।

उनको एभरेष्ट बैंकमा सभासद्को पारिश्रमिक बापतको रु. १२ हजार तथा हाल उपप्रधानमन्त्रीको हैसियतमा प्राप्त नगद पारिश्रमिक बाहेक अन्य सुन, चाँदी, हिरा, जवाहरात केही नभएको सम्पत्ति विवरणमा जनाइएको छ । रासस