व्यवस्थापिका संसदद्वारा सुर्तीजन्य पदार्थ र मेलमिलाप सम्वन्धि दुई विधेयक सर्वसम्मतबाट पारित

काठमाडौं – व्यवस्थापिका संसदले सुर्तीजन्य पदार्थ र मेलमिलाप सम्वन्धि दुई विधेयक सर्वसम्मतबाट पारित गरेको छ।

 

मंगलबार बसेको व्यवस्थापिका संसदको बैठकमा कानुन मन्त्री कृष्णबहादुर महराले विधायन समितिको प्रतिवेदन सहित सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) विधेयक र मेलमिलाप सम्बन्धी विधेयक २०६७ पेश गरेका थिए।

 

दुवै विधेयक सर्वसम्मतबात पारित भई कार्यन्वयनमा गएका छन्।

मेलमिलाप विधेयकमा न्यायलाई चुस्त, सहज र छिटो छरितो बनाउन अदालतले वादी र प्रतिवादी दुवै पक्षबीच मेलमिलाप गराएर न्याय दिलाउने लगायतको व्यवस्था गरेको छ।