कांग्रेसद्वारा माओवादी लडाकुले शिविरबाहिर आएर शान्ति सम्झौता उल्लंघन गरेको आरोप

काठमाडौ – माओवादी लडाकुले शिविरबाहिर आएर आम नागरिकलाई कुटपिट गरेको घटनाले शान्ति सम्झौता उल्लंघन भएको उल्लेख गर्दै प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीसँग जवाफ माग गरेको छ । संसद्मा सोमबार विशेष सयम लिएर बोल्दै कांग्रेस नेता रामशरण महतले चितवनको जुटपानीमा भएको घटनाबारे सरकारसँग जानकारी मागेका हुन् ।

चितवन शक्तिखोरस्थित माओवादी शिविर नजिक खेलकुद मैदान प्रयोगको विषयमा भएको भनाभनपछि लडाकुले सर्वसाधारणमाथि आक्रमण गरेका थिए ।