– प्रधानमन्त्रीले पूर्वसहमति विपरित गृह मन्त्रालय दिन आनाकानी गरेको भन्दै माओवादीले एक दिने म्याद दिँदै नत्र सरकारबाट फिर्ता हुने चेतावनी दिएको छ।
त्यसको निम्ति प्रधानमन्त्रीसँग बुधवार नै निर्णायक वार्ता गर्ने माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले बताएका छन्।
प्रचण्ड निकटका ती माओवादी नेताले आफूहरूले गृह मन्त्रालयबारे निर्णय दिन प्रधानमन्त्री खनाललाई धेरै पटक आग्रह गरेका बताए।
अब गृह आफूहरुलाई दिई सात बुँदे सहमति लागू गर्न प्रधानमन्त्रीलाई अन्तिम मौका दिने कठोर निर्णयमा माओवादी पुगेको उनको भनाइ थियो।
उनले भने,



