नेपालस्थित पाकिस्तानी दूतावासका कर्मचारीमाथि गोली प्रहार

काठमाडौ – नेपालस्थित पाकिस्तानी दूतावासका एक जना कर्मचारीलाई बिहीबार बिहान गोली हानिएको छ । गोली लागेर सख्त घाइते भएका पाकिस्तानी नागरिकलाई उपचारार्थ शिक्षण अस्पताल महाराजगंज लगिएको छ ।

 

मोटरसाइकलमा हिडिरहेका दूतावास भिसा शाखामा कार्यरत ३६ वर्षीय मोहम्मद आसिफ माथि उनलाई पछ्याउँदै गरेको दूई जनाले गोली हानेको प्रहरीले जनाएको छ । आसिफको हात र पेटमा गोली लागेको छ ।

 

प्रहरीका अनुसार तीन राउण्ड गोली हानिएको छ । हेल्मेटका कारण निधारमा हानिएको गोली लागेको छैन । गोली हानेपछि आक्रमणकारीहरु आसिफ चढेको मोटरसाइकल लिएर भागेका थिए । कान्ति अस्पताल नजिकै बा.१६.प नम्बरको उक्त मोटरसाइकल आक्रमणकारीहरुले छाडेको प्रहरीले जनाएको छ । पाकिस्तानी दूतावास वसुन्धरा क्षेत्रमा रहेको छ ।