माओवादीद्वारा गृह मन्त्री सहितका थप सूची तयार, ती मन्त्रीहरुको एकसाथ शपथ ग्रहण नगराइए सरकारबाट आफ्ना सबै मन्त्रीहरु फिर्ता बोलाउने चेतावनी

एकीकृत नेकपा माओवादीले गृह मन्त्री सहितका आफ्ना थप मन्त्रीहरुको नाम शनिबार टुंग्याउने उक्त पार्टीका नेताहरुले बताएका छन्


एकीकृत नेकपा माओवादीले गृह मन्त्री सहितका आफ्ना थप मन्त्रीहरुको नाम शनिबार टुंग्याउने उक्त पार्टीका नेताहरुले बताएका छन्।

ती मन्त्रीहरुको एकसाथ शपथ ग्रहण नगराइए सरकारबाट आफ्ना सबै मन्त्रीहरु फिर्ता बोलाउने सम्मको चेतावनी उनीहरुले दिएका छन्।


प्रधानमन्त्री झलनाथ खनालले आफुहरुसंगको कुराकानीमा गृह मन्त्रालय दिन तयार भएको जनाएको उनीहरुको भनाई छ।


माओवादीले सरकारमा थप मन्त्री पठाउने निर्णय शुक्रबारै गर्ने ठानिएको थियो।


तर वरिष्ठ उपाध्यक्ष समयमा उपस्थित हुन नसक्ने भएपछि स्थायी समितिको बैठक शनिबारसम्मलाई सारिएको छ।


सोही बैठकमा गृह मन्त्रीसहितको सूची तयार पारिने नेताहरुको भनाई छ।


गृह मन्त्रालयको विवाद कायमै रहेको बेला तत्काल प्रधानमन्त्रीले माओवादीको तर्फबाट गृह मन्त्री नियुक्त गराउन नसक्ने कतिपयको अड्कललाई माओवादी नेताहरुले अस्वीकार गरेका छन्।


सो सूची अनुरुप तत्काल सबैको शपथ ग्रहण हुनुपर्ने बताउँदै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने,