राम कुमार शर्माले बुटवलमा सभासदहरुको श्राद्ध

– कृष्ण खनाल

 

बुटवल ४ वैशाख –  संविधानसभामा रहेका ६ सय १ सभासदहरुको श्राद्ध गर्दै आएका बर्दिया जिल्ला गुलेरिया नगरपालीका वार्डनः ६ का रामकुमार शर्माले आउदो यहि वैसाख ६ गते  बुटवलको मिडीया चोकमा कार्टुन सहित श्राद्ध गर्ने भएका छन ।

 

विस २०६७ साल मंसिर ६ गते आफ्नो गृह जिल्ला बर्दियाको गुलेरिया नगरपालीकाको राधा कृष्ण टोलमा श्राद्ध गरेर  आफ्नो यात्रा सुरु गरेका उनले बुटवलमा पनी श्राद्ध गर्ने भएका हुन । उनले अहिले सम्म वि।स।२०६७ साल पौस ७ गते बाँके को नेपालगाजमा वि।स।२०६७ साल माघ १३ गते चितवनको नारायणगढको पुलचोकमा वि।स।२०६७ साल फागुन ७ गते पसा्र जिल्लाको विरगाज घण्टाघरमा वि।स।२०६७ साल चैत्र ६ गते कास्की जिल्लाको पृथ्वी चोकमा  सामुहिक श्राद्ध गरिसेका छन ।

 

आउदो जेठ ४ गते काठमाडौको नया बानेश्वर संविधान सभा ३ नं गेट अगाडी  वार्षिक श्राद्ध गर्ने योजना रहेको बताए । उनले संविधानिर्माण गर्न गरेका सभासदहरुले संविधान लेख्न छाडेर संविधा सभालाई भत्ता खाने थलो बनाएको कारण आफुले श्राद्ध सामुहिक श्राद्ध गरेको जानाकारी दिए ।