– कृष्ण खनाल
बुटवल ५ वैशाख । संविधानसभामा रहेका ६ सय १ सभासदहरुको श्राद्ध गर्दै विभिन्न स्थानमा हिडेका बर्दिया जिल्ला गुलेरिया नगरपालीका वार्डनः ६ का रामकुमार शर्माले आउदो यहि वैसाख ६ गते मंगलवार बुटवलको मिडीया चोकमा सभासदको कार्टुन सहित श्राद्ध गर्ने भएका छन ।
विस २०६७ साल मंसिर ६ गते आफ्नो गृह जिल्ला बर्दियाको गुलेरिया नगरपालीकाको राधा कृष्ण टोलमा श्राद्ध गरेर आफ्नो यात्रा सुरु गरेका उनले बुटवलमा पनी श्राद्ध गर्ने भएका हुन । उनले अहिले सम्म विस२०६७ साल पौस ७ गते बाँके को नेपालगाजमा विस २०६७ साल माघ १३ गते चितवनको नारायणगढको पुलचोकमा विस २०६७ साल फागुन ७ गते पसा्र जिल्लाको विरगाज घण्टाघरमा विस२०६७ साल चैत्र ६ गते कास्की जिल्लाको पृथ्वी चोकमा सामुहिक श्राद्ध गरिसेका छन ।
आउदो जेठ ४ गते काठमाडौको नया बानेश्वर संविधान सभा ३ नं गेट अगाडी वार्षिक श्राद्ध गर्ने योजना रहेको बताए । उनले संविधानिर्माण गर्न गरेका सभासदहरुले संविधान लेख्न छाडेर संविधा सभालाई भत्ता खाने थलो बनाएको कारण आफुले श्राद्ध सामुहिक श्राद्ध गरेको जानाकारी दिए ।