संविधान लेख्न डेढ महिनापनि बाँकी नहुँदा त्यो भन्दा अगाडि टुंगोमा पुग्नुपर्ने भनिएको सेना समायोजनको विवाद समाधान गर्ने तर्फको पहल सुस्ताएको छ
खासगरी समायोजन गर्दा माओवादीका लडाकूहरुको एकल फौज गठन गर्ने वा मिश्रित फौज बनाउने भन्ने कुरामा विवाद भएको नेताहरुको भनाई छ।
माघ २० गते झलनाथ खनालको नेतृत्वमा सरकार बनेलगत्तै सेना समायोजनको मुद्दा दुई महिनाभित्रै टुंग्याइने नेताहरुको बाचा अहिले अलपत्र परेको छ।
निकै हल्लीखल्लीका बीच सेना समायोजनको मोडालिटि अर्थात तरीका र प्रक्रिया तय गर्न बनाइएको कार्यदल झण्डै तीन सातादेखि कामविहिन बसेको छ।



