– पार्टी अध्यक्ष प्रचण्डले शान्ति र संविधानमा मुख्य जोड दिंदै पेश गरेको नयाँ राजनीतिक प्रस्तावको उपाध्यक्ष मोहन वैद्य किरण पक्षधरहरुले कडा प्रतिवाद गर्ने तयारी गरेका छन्
शुक्रबारदेखि शुरु हुने केन्द्रिय समितिको बैठकमा माओवादीभित्र प्रचण्ड पछिका वरिष्ठ नेता उपाध्यक्ष किरण निकटका नेताहरुले अध्यक्षको नयाँ प्रस्तावको कडा प्रतिवाद गर्ने तयारी गरेका छन्।
जनविद्रोहपट्टि जाने आफ्नो लाईनलाई अध्यक्षले धोका दिएको महशुश गरेका उनीहरुले, कुरा नमिले केन्द्रिय समितिको बैठकमा प्रचण्डको प्रस्तावमाथि फरक मत समेत राख्न सकिने संकेत दिएका छन्।
बिहीबार दिनभर जसो किरण पक्षधर नेताहरु केन्द्रिय समितिको बैठकमा आफ्ना रणनीति के हुने भन्ने छलफलमा व्यस्त थिए।
अध्यक्षले नयाँ प्रस्ताव ल्याएर जनविद्रोहको कार्यदिशालाई धरापमा पारेको महशुश गरेका उनीहरुले शुक्रबारको बैठकमा पुरानै लाईनमा फर्किन जोड दिने बताएका छन्।
उनीहरुका अनुसार पालुङ्गटारले निर्देशित गरेको कार्ययोजना कार्यान्वयन नगरी नयाँ नीति ल्याउने अध्यक्षको कदम गलत छ।
किरण निकटका माओवादी सचिव सी पी गजुरेलले भने,



