सिरियाका विभिन्न शहरहरुमा राष्ट्रपति बशर अल अशद विरुद्द हिंसात्मक प्रर्दशनहरु जारी, प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा कयौ हताहात
बैशाख १३ गते, २०६८ मा प्रकाशित
प्राप्त नयाँ समाचार अनुसार सिरियाका विभिन्न शहरहरुमा प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा कम्तिमा १८ जना मारिएका छन् भने राष्ट्रपति बशर अल अशद विरुद्द हिंसात्मक प्रर्दशनहरु जारी रहेको छ।
यद्यपी सिरिया सरकारले भने हतियारधारी समुहको प्रवेशका कारण प्रदर्शन हिंसात्मक बनेको बताउँदै आएको छ।
सर्वसाधारणले भने शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि सुरक्षाकर्मी निर्ममतापूर्वक प्रस्तुत भएको हुनाले प्रदर्शन हिंसात्मक बनेको आरोप लगाउँदै आएका छन्।
सिरियामा राष्ट्रपति बशर अल अशदले संकटकाल हटाइएको घोषणा गरेको भएता पनि सरकारको विरोधमा प्रदर्शन शशक्त बनेको छ। प्रदर्शनकारीहरुले मुलुकमा आर्थिक र सामाजिक सुधार नभएको भन्दै अशदको राजिनामाको समेत माग राख्दै विरोध जनाउँदै आएका छन्।
उता उत्तर अफ्रिकी मुलुक मोरक्कोमा हजारौ मानिसहरुले सरकारको विरोधमा र्याली निकालेका छन्। उनीहरुले आर्थिक एवं सामाजिक सुधारको माग राख्दै सरकार विरोधी र्यालीमा सहभागीता जनाएका हुन्।