एक सातादेखि चलेको माओवादीको केन्द्रिय समितिको बैठकमा अध्यक्ष प्रचण्डद्धारा आफ्नो प्रस्तावको डटेर प्रतिरक्षा


 

पार्टिभित्रै उपाध्यक्ष किरणको तीव्र विरोध हुँदाहुँदै, शान्ति र संविधानमा जोड दिइएको आफ्नो प्रस्तावको माओवादी अध्यक्ष प्रचण्डले प्रतिरक्षा गरेका छन्

 

एक सातादेखि चलेको एकीकृत नेकपा माओवादीको केन्द्रिय समितिको विहिबारको बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो प्रस्तावको डटेर प्रतिरक्षा गरेको माओवादी नेताहरुले बताएका छन्।

जनविद्रोहको लाईन छाडेर शान्ति र संविधानमा जोड दिंदै आएको उनको प्रस्तावप्रति खासगरी उपाध्यक्ष मोहन वैद्य किरण पक्षधरहरुले तीव्र आलोचना गरेका थिए।


अध्यक्षले पाँच महिना अगाडि पालुङ्गटारको विस्तारित बैठकपछि अंगालेको जनविद्रोहको कार्यदिशा चटक्कै छाडेर शान्ति र संविधानलाई जोड दिंदै ल्याएको भन्दै उनको नयाँ प्रस्तावले पार्टिभित्रै तीव्र विरोध खेपेको थियो।


तर विहिबार उनले दिएको स्पष्टिकरणमा शान्ति र संविधान निर्माणलाई प्रमुखता दिएर अगाडि बढ्नुको विकल्प नरहेको कुरा उल्लेख भएको नेताहरुको भनाई छ।