शान्ति र संविधानलाई केन्द्रीत गरेर माओवादी अध्यक्ष पुष्पकमल दाहालले ल्याएको प्रस्ताप केन्द्रीय समितिको बैठकद्धारा बहुमतले अनुमोदन


 

काठमाडौ – शान्ति र संविधानलाई केन्द्रीत गरेर माओवादी अध्यक्ष पुष्पकमल दाहालले ल्याएको प्रस्ताप केन्द्रीय समितिको बैठकले शुक्रबार बहुमतले अनुमोदन गरेको छ । दाहालको प्रस्तावमा असहमति जनाउँदै उपाध्यक्ष मोहन वैद्य पक्षधरले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

जनविद्रोहको तयारी गर्नुपर्ने वैद्यको प्रस्ताव अल्पमतमा परेको छ । वैद्यपक्षले सैद्धान्तिक विषयमा फरकमत राखेको बताएका छन् ।

जेठ १४ सम्म शान्ति र संविधानको पक्षमा विविध कार्यक्रमहरु गर्ने केन्द्रीय समितिले निर्णय गरेको छ । बैठकले सेना समायोजनको मोडालिटी तयार पार्ने,संविधानको एकीकृत मस्यौदा तयार पार्ने समेत निर्णय गरेको छ । संविधानमा निर्माणमा विवाद देखिएको विषयलाई थाँती राख्दै अन्य दलहरुसंग सहकार्य गरी संविधानको एकीकृत मस्यौता तयार पारिने नेता देव गुरुङले बताए ।