काठमाडौं – प्रमुख तीन दलबीच संविधान निर्माणमा देखिएको गतिरोध फुकाउन छलफललाई तीब्रता दिने सहमति भएको छ । दाहालका अनुसार बैशाख १८ गते भने संवैधानिक समिति अन्तर्गतको उपसमितिका सदस्यहरुबीच छलफल हुने छ । दाहाल उपसमितिका संयोजक पनि हुन् ।
छलफलमा सभाध्यक्ष नेम्वाङसहित प्रधानमन्त्री एवं एमाले अध्यक्ष खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल सहभागी थिए । त्यसअघि सभाध्यक्ष नेम्वाङले संविधान निर्माण तथा सरकारले ल्याउन लागेको अग्रिम बजेटमा प्रतिपक्षी दलको अवरोध चेतावनीलगायतका विषयमा छलफल गरेका थिए ।
प्रधानमन्त्री-दाहाल भेट
यसैबीच तीन दलका नेताहरुको भेट सकिएपछि प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच छुट्टै छलफल भएको छ । छलफल संविधान निर्माण, सरकार विस्तारलगायतका विषयमा केन्द्रित रहेको स्रोतले जनाएको छ ।
भेटमा दाहालले माओवादी स्थायी समितिको निर्णय प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।



