राजनीतिक समीकरणको खाँचो

– वीरेन्द्र केसी

 

लोकतन्त्र स्थापना भएको पाँच वर्ष पुरा भएको छ । लोकतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री देखी दलका नेतासम्मले लोकतान्त्रिक गणतन्त्रलाई सस्थागत गर्नका लागि सहमति सहकार्य र एकता आवश्यक रहेको आवश्यक्ता औल्याए । लोकतन्त्रबाट प्राप्त उपलब्धीलाई रक्षा र सस्थागत गर्न सहमतीको बाटो हिडनुपर्ने नेता देखी र आम जनताको लयमा लय मिल्ने गर्छ । बारम्बार सबैले सहमतीको गीत गाउँदै हिडे पनि दलहरुबीच बढदो असहमती र असमझदारीका कारण मुलुक गंभिर राजनीतिक गतिरोधमा फसेको छ । संविधान निर्माण गर्न थपिएको एक वर्षको अवधि सकिन एक महिना मात्रै बाँकी रहदा िसंगो देश अन्योल र अनिश्चतको भुमरीमा फसेको छ ।

 

जेठ १४ गते नयाँ संविधान जारी हुने संभावना कम भएकाले जेठ १४ पछि देशको अवस्था के हुन्छ भन्ने अन्योल बढेको छ । वितेको एक वर्षमा संविधान निर्माणका खाका बाहिर ल्याउने भन्दा पनि दलहरु सत्तामा बढी केन्द्रित भई सरकार बनाउने र ढलाउनेमा लागेकाले राजनीति अन्योलमा परेको छ । पछिल्लो पटक माओवादीको सात बुदे सहमतीमा बनेको एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकार पनि अन्योलमा छ । सरकार गठन भएको धेरै समयसम्म पनि मन्त्रीमण्डल विस्तारम्ै अडकेकाले जेठ १४ पछिको राजनीति अन्योल छ । आधुनिक नेपालको झण्डै ६ दशक लामो ईतिहासमा पटक पटक लोकतन्त्र पहिले प्रजातन्त्र भनिन्थ्यो  प्राप्त भएपनि त्यसको सस्थाकत गर्ने मुद्दामा सरकार र दलहरु जहिले पनि चुक्दै आएका छन ।

 

२०६२/०६३ को जनआन्दोलनबाट आएको लोकतन्त्र पनि सस्थागत गर्ने सवालमा दलहरु कै संकटमा परेको छ । थपिएको एक वर्षको अविधीमा पनि संविधान बन्न नसकेपछि अहिले केही दलले जेठ १४पछि समय पुन थप्नुपर्ने भनेका छन भने केही थप्न नहुने तर्क अघि सारेका छन यसले के देखाएको छ भने कतै जेठ १४ पछि लोकतन्त्र नै गुम्ने खतरा पनि उत्तिकै रहेको छ । हरेक पटक आन्दोलन हुन्छन त्यो आन्दोलनमा सयौको बलिदान र घाईते हुन्छ तर पनि कहिल्यै उपलब्धी हुन सकेनन ।

 

२००७ सालमा तत्कालिन जहाँनीय राणा शासनको अन्य र प्रजातन्त्रको उदय नेपाली राजनीतिमा सबैभन्दा ठुलो उपलब्धी थियो तर त्यो जम्मा जम्मी १० वर्ष मात्रै टिक्यो । ०१७ सालमा तत्कालिन राजा महेन्द्रले निरंकुश एकदलीय पाचायती व्यवस्था लादे र मुलुक निरंकुशतन्त्रको बन्दी हुन पुग्यो । तीन दशक लामो संघर्ष पछि राजाले खोसको प्रजातन्त्र पुनस्थापना गर्न जनता सफल भए तर त्यो पनि १३ वर्ष मात्रै टिक्यो ।

 

०५९ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले शाही सत्ता लाददै पुनः प्रजातन्त्र खोसे । तर जनताको अभुतपुर्ण जनआन्दोलनले त्यसलाई मिल्काउन सफल भए र पुनः लोकतन्त्र स्थापना भएपछि राजतन्त्र समेल मिल्कियो । नेपाली जनताले प्रजातन्त्र लोकतन्त्र या गणतन्त्र जे भनिएपनि जनताको अधिकार सुनिश्चित भएको प्रणाली जनतालाई चाहिएको हो ।