मोर्चाद्धारा ज्ञापन पत्र पेस

– कृष्ण खनाल

 

बुटवल १९ वैशाख  । संयुक्त लोकतान्त्रीक मधेस मोर्चा रुपन्देही द्धारा वैशाख ३ गते प्रधानमन्त्रीलाई बुझाएको १२ बुदे ज्ञापनपत्रमा नागरित्तालाई आधार बनाएर मतदता नामावली संकलन तथा राष्ट्रिय परिचय पत्र बनाउने काम नरोकिएको भन्दै सोमवार जिल्ला प्रसासन कार्यलय मा ज्ञापन पत्र पेस गरेको छ ।

 

विज्ञप्तीमा वैशाख १८ गते सम्म नामावली संकलन कार्य नरोकिएमा १९ गते देखि मोर्चाले स्थलगत रुपमा जनतासंग सहकार्य गरेर रोक्ने निणर्य गरेको जनाएको छ । मधेसी जनधीकार फोरम नेपाल लोकतान्त्रीक जिल्ला  अध्यक्ष मोहनलाल यादव तमलोपा अध्यक्ष अतिउल्लाह मुसलवान सदभावना पार्टि का केशवराज त्रिपाठी द्धारा संयुक्तरुपमा हस्तारक्षत विज्ञप्त पेस गरिएको हो ।