अमेरिकी राष्ट्रपति बाराक ओबामाले अल कायदाका प्रमुख ओसामा बिन लादेनको शवको तस्विर सार्वजनिक नगर्ने घोषणा गरेका छन।
यसभन्दा अगाडि अमेरिकी गुप्तचर संस्था सि आइ ए का प्रमुख लिओन पनेटाले अल कायदाका प्रमुख ओसामा बिन लादेनको शवको तस्विर सार्वजनिक गरिने बताएका छन्। उनले एन बिसि न्यूजसँगको कुराकानीमा अनूकूल समय आएपछि ओसामा बिन लादेनको शवको तस्विर सार्वजनिक गरिने जनाएका हुन्। यद्यपी लादेनको शवको तस्विर सार्वजनिक गर्ने कुरामा राष्ट्रपति बाराक ओबामा प्रशासनमा विवाद रहेको अन्तरराष्ट्रिय संचार माध्यमहरुले बताएका छन्।
ह्वाइट हाउस भने लादेनको शवको तस्विर सार्वजनिक नगर्ने पक्षमा रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। लादेनको शवको तस्विर सार्वजनिक गरेमा यसले सर्वसाधारण र विषेशगरी मुस्लिम समुदायमा नकारात्मक असर पर्नसक्ने धारणा ह्वाइट हाउसले राखेको छ। ह्वाइ हाउसले तस्विर सार्वजनिक भएमा यसले हिंसाको अवस्था सिर्जित गर्नसक्ने र सो अवस्था अमेरिका लगायत पस्चिमा शक्ति राष्ट्रको लागि खतरनाक समेत हुनसक्नेमा जोड दिएको छ।
तर सिआइएले भने लादेनको मृत्युको खवरलाइ आम मानिसहरुले पत्याउन गाह्रो मानेको हुनाले लादेनको शवको तस्विर सार्वजनिक गर्नुपर्नेमा जोड दिएको छ।