काठमाडौँको बालाजु बाइसधारा पार्कमा २५ वर्षकी युवतीको टाउको काटिएको लाश फेला

काठमाडौँ – काठमाडौँको  बालाजु बाइसधारा पार्कमा टाउको काटिएको लाश फेला परेको छ। लाश बाइपास डेरा गरी बस्ने २५ वर्षकी मेनुका खत्रीको भएको खुलेको छ।


खत्रीको स्थायी घर गोरखा घुर्मी वडा नम्बर ७ मा रहेको खुलेको छ। उनका श्रीमान भरत खत्री नेपाली सेनाको क्याभलरीमा सिपाही पोस्टमा कार्यरत छन्।

बालाजु पार्कभित्र रहेको छ कुने टहरोको छेउको ७३ फिट तल खोल्सामा फ्याँकिएको अवस्थामा टाउको बिनाको लाश फेला परेको हो।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।