– गृह मन्त्रालय माओवादीलाई दिएर विवादमा परेका प्रधानमन्त्री झलनाथ खनालले आफ्नै दल एमालेभित्रबाट चर्को आलोचना खेपेका छन्।
शान्ति प्रक्रियाले ठोस उपलब्धि हासिल नगरेसम्म माओवादीलाई गृह मन्त्रालय दिन नहुने पार्टीको निर्णय, एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री खनालले उल्लंघन गरेको भन्दै पार्टीभित्रका प्रभावशाली नेताहरु केपी ओली तथा माधबकुमार नेपाल पक्षधरहरुले उनको तीव्र आलोचना गरेका छन्।
बिहिबार बसेको पोलिटब्युरो बैठकमा प्रधानमन्त्री खनाललाई असन्तुष्ट पक्षका नेताहरुले निकै बेर र्याखर्याख्ती पारेका थिए।
सात घण्टासम्म चलेको उक्त बैठकले गृह मन्त्रालय माओवादीलाई दिने उनको निर्णय अनुमोदन नगरेको बरु धेरै नेताले सो निर्णय फिर्ता लिन उनलाई आग्रह गरेको बैठकका सहभागीहरुले बताए।



